Section 32
नियम, कार्यविधि र निर्देशिका बनाउने अधिकार
(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न
आयोगले आवश्यक नियम बनाउन सक्नेछ । त्यस्तो नियममध्ये नेपाल सरकारलाई आर्थिक
व्ययभार हुने विषय समावेश भएको नियम बनाउ“दा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(२) आयोगले आफ्नो कार्य व्यवस्थित रुपले सञ्चालन गर्नका लागि आवश्यक
कार्यविधि वा निर्देशिका बनाई लागू गर्न सक्नेछ ।